विधान अधिवेशनको तेस्रो दिन: प्रत्यक्ष निर्वाचन शतप्रतिशतको माग

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० १३:0९
विधान अधिवेशनको तेस्रो दिन: प्रत्यक्ष निर्वाचन शतप्रतिशतको माग

नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनको तेस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको विधान मस्यौंदामाथि समूहहरुबाट आज पनि सुझाव सङ्कलन गर्न सुरु गरिएको हो ।

बुधबार १३ वटा समूहले आ आफ्नो समूहका सुझवहरु पेश गरेका छन् । मङ्गलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो।

आज बाँकी ७ समूहले सुझाव पेश गरेपछि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ । माओवादीको विधान अधिवेशन आज सकिँदैछ ।

मङ्गलवार बाट सुरु भएको बैठकमा नेताहरूले केन्द्रदेखि तल्लो तहसम्मै प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने, पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्नेलगायतका सुझाव दिएका छन्।

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० १३:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट