सभामुखको चिन्ता : वितृष्णाको वातावरणमा प्रतिगामीले खेल्ने कोसिस गर्दैछन्

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० १४:0१
सभामुखको चिन्ता : वितृष्णाको वातावरणमा प्रतिगामीले खेल्ने कोसिस गर्दैछन्

सभामुख देवराज घिमिरेले वितृष्णाको वातावरणमा प्रतिगामीहरुले खेल्ने कोसिस गरिरहेको बताएका छन्। बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले वितृष्णाको वातावरणमा खेल्ने कोसिसलाई राजनीतिक दल र सम्पूर्ण नागरिकले सामना गरेर अघि बढ्नुपर्ने बताए।

मुलुकलाई समृद्धिको बाटोमा अग्रसर गराउन राजनीतिक दलहरूबीच एकता हुनुपर्ने बताउँदै उनले पछिल्लो समय व्यवस्था र राजनीतिक दलका विषयमा जनमानसमा नैराश्यता छाएकाले गर्दा पनि राजनीतिक दलहरूमा एकता रहनु जरुरी रहेको उल्लेख गरे।

उनले भने, ‘राष्ट्रिय समृद्धिका लागि राष्ट्रिय सहमति हुन जरुरी छ। अर्थतन्त्र बलियो बनाउने, गतिका साथ राष्ट्र निर्माणका कार्यमा अघि बढ्न, साझा सवालमा सहमति गरेर नै अघि बढ्नुपर्छ। सहमतिबाट नै योजनाहरु बन्नुपर्छ। अहिले जसरी वितृष्णाको वातावरणमा खेल्ने कोसिस भइरहेको छ, यसलाई सामना गर्न मुलतः राजनीतिक दलहरुले र सँगै सम्पूर्ण नागरिकहरुले यसको सामना गरेर अघि बढ्नको लागि एतावद्ध भएर अघि बढ्नुपर्छ।’

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० १४:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट