ओलीलाई सत्तामा ल्याउन राप्रपाले आन्दोलन थाल्ने प्रसाईंलाई सुईंको

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० १५:१८
ओलीलाई सत्तामा ल्याउन राप्रपाले आन्दोलन थाल्ने प्रसाईंलाई सुईंको

बैंक तथा वित्तीय संस्थाको ऋण मिनाहा गराउने नाममा राजसंस्था फर्काउने अभियान चलाइरहेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाइले पूर्वपञ्चहरुको पार्टी राप्रपामाथि गम्भीर आरोप लगाएका छन् ।

राप्रापाले राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रका लागि नभई सत्तामा जाने योजनाअन्तर्गत आन्दोलन गर्न लागेको उनले आरोप लगाएका हुन् । राप्रपाले गर्ने भनेको आन्दोलन एमालेलाई सत्तामा ल्याएर केपी ओलीलाई प्रधानमन्त्री बनाउन केन्द्रीत रहेको प्रसाईको दाबी छ ।

प्रसाईले भनेका छन्, ‘राप्रपाले गर्न लागेको आन्दोलन न त राजसंस्था ल्याउनका लागि हो, न त हिन्दुअधिराज्य स्थापनाका लागि हो, न त सर्वहारा वर्ग र भुइँ-मान्छेका लागि नै हो,न त व्यापारिक वर्गको गाँस वास कपासको एजेन्डा स्थापना गर्न वा उनिहरुको उद्धार गर्नका लागि हो । राप्रपाको आन्दोलन त केवल प्रचण्ड सरकार ढालेर केपी ओलीलाई स्थापित गर्न र आफू पनि सत्तामा गएर रजगज गर्ने खेल मात्र हो । नेपाली जनतालाई चेतना होस !’

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० १५:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट