भारतमा चर्कियो किसान आन्दोलन : देश बन्दको घोषणा

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ४, २०८० 0९:१८
भारतमा चर्कियो किसान आन्दोलन : देश बन्दको घोषणा

किसानको मागको समर्थनमा संयुक्त किसान मोर्चालगायत धेरै किसान संगठनले आज अर्थात् शुक्रबार भारत बन्दको घोषणा गरेका छन्।

संयुक्त किसान मोर्चाले गरेको ग्रामीण भारत बन्दको आह्वानअन्तर्गत उक्त बन्द घोषणा गरिएको हो। बीबीसी हिन्दीका अनुसार संयुक्त किसान मोर्चाले किसानको मागलाई समर्थन गर्ने सबै संगठनलाई भारत बन्द गर्न अपिल गरेको छ।

त्यसमा देशभरका केही श्रमिक संगठनको पनि सहभागिता रहनेछ। यस बन्दमा सहभागी हुन दिल्लीतर्फ लागेका पञ्जाबका केही किसानहरूलाई हरियाणामा अम्बाला नजिकै रोकियो। उनीहरुलाई रोक्न सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेका थिए।

भारत बन्दलाई मध्यनजर गर्दै राजधानी दिल्लीलगायत धेरै राज्यमा व्यापक सुरक्षा व्यवस्था गरिएको छ। दिल्ली पुलिसका अनुसार प्रदर्शनकारीलाई दिल्ली प्रवेश गर्नबाट रोक्नको लागि पूर्ण व्यवस्था गरिएको छ।

किसानको अर्को संगठन संयुक्त किसान मोर्चा ९गैरराजनीतिक० ले पनि भारत बन्दमा सहभागी हुन जनतालाई अपिल गरेको छ।

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ४, २०८० 0९:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट