मलाई कुर्सी हल्लिने डर छैन : प्रधानमन्त्री

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन ६, २०८० १३:५९
मलाई कुर्सी हल्लिने डर छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सरकार ढल्छ भन्नेमा कुनैपनि चिन्ता नभएको प्रष्ट पारेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद गणेश पराजुलीले राखेको प्रश्नको जवाफ दिँदै प्रचण्डले आफूले सुशासनको पक्षमा दृढ भएर काम गर्दा सरकार ढल्छ भने कुनैपनि चिन्ता नभएको बताएका हुन् । उनले अहिले प्रतिपक्षीमा रहेको नेकपा एमालेले आफूलाई प्रधानमन्त्ती बनाएको स्मरण गर्र्दै १५/२० दिनका लागि भन्ठाने भएपनि आजसम्म सरकारको नेतृत्वमा रहिरहेको बताए ।

सांसद गणेश पराजुलीले ‘सुशासनको कुरा गर्दा सरकार ढल्ने चिन्ता भएको हो ?’ भन्ने प्रश्न गरेका थिए । जवाफमा उनले छिमेकी देश भारतमा अटल बिहारी बाजपेयीको सरकार १३ दिन टिकेको इतिहास थाहा पाएपछि आफूलाई आनन्द लागेको बताए ।

‘मलाई कुर्सी हल्लिने डर छैन। मलाई अहिलेको प्रतिपक्षी लगायतले प्रधानमन्त्री बनाउनुभयो। मैले १५ हो कि २० दिन भन्ठानेको थिएँ। विश्वभरको अध्ययन पनि गरेको थिएँ,’ प्रचण्डले भने, ‘नजिकै भारतमा १३ दिनमा अटल बिहारी बाजपेयी हटेको देखेपछि आनन्द मानेको थिएँ। यो सरकार जाला कि भन्ने डर विल्कुल छैन।’

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन ६, २०८० १३:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट