राप्रपालाई ओलीको प्रश्न : कोसीमा ल्याएको त्यो मत आकाशबाट खस्यो त ?

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १३:५0
राप्रपालाई ओलीको प्रश्न : कोसीमा ल्याएको त्यो मत आकाशबाट खस्यो त ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा एमालेले राप्रपालाई धोका नदिएको बताएका छन्। परिणाम आइसकेपछि एमालेले धोका दियो भन्ने खालका अभिव्यक्ति राप्रपा प्रवक्ताबाटै आएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन्।

‘हामीले जितका लागि केही खुला इमानदार प्रयास अघि बढाएका थियौँ। राप्रपाको मत हामीले लिने हाम्रा मत उसलाई दिने। राप्रपासँग ३९४ मत थियो। हामीसँग ४२ सय भन्दा माथि मत थियो,’ ओलीले भने, ‘परिणाम आइसकेपछि एमालेले धोका दियो भनेको सुनियो। उहाँहरूको मत ३९४ मात्रै आयो कि धेरै? अनि त्यो मत चाहीँ आकाशबाट आयो? एमालेले धोका दियो भन्ने? राप्रपाका बिग्रियो कि एमालेको बिग्रियो? राप्रपाका ती प्रवक्ता भन्ने व्यक्तिले एमालेविरोधी भावना प्रकट गरे।’

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले राप्रपा प्रवक्ताबाट एमालेप्रति बैरभाव प्रकट भएको पनि बताए।

एमाले र राप्रपाको भोटले मात्रै नपुग्ने दाबी गर्दै उनले आफूहरूले बेइमानी नगरेको पनि बताए।

‘उहाँहरू र हाम्रो भोटले मात्रै पनि पुग्दैनथ्यो। हामीले सहमति गरेको राप्रपाले जितेन। हाम्रो बेइमानीले होइन,’ ओलीले भने।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १३:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट