अर्थमन्त्री महतको प्रतिवेदन- अर्थतन्त्र समस्यामुक्त भइसकेको छैन (प्रतिवेदनको पूर्ण पाठ)

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १६:४३
अर्थमन्त्री महतको प्रतिवेदन- अर्थतन्त्र समस्यामुक्त भइसकेको छैन (प्रतिवेदनको पूर्ण पाठ)

नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र समस्यामुक्त भइनसकेको बताएका छन् ।

मंगलबार ललितपुरको गोदाबरीमा जारी कांग्रेस महासमिति बैठकमा नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशाको प्रतिवेदन पेस गर्दै अर्थमन्त्री महतले आर्थिक परिसूचक अनुकूल भए पनि राजस्व वृद्धि अपेक्षित हुन नसक्दा सार्वजनिक वित्त व्यवस्थापन चुनौतीपूर्ण भएको उल्लेख गरेका छन् ।

‘अर्थतन्त्रका अधिकांश परिसूचक सकारात्मक रहेको भए पनि वास्तविक क्षेत्रमा आर्थिक क्रियाकलापको विस्तार, उत्पादन र उत्पादकत्व वृद्धि गर्नु एक प्रमुख चुनौती हो,’ उनले भनेका छन् । अर्थमन्त्री महतले अर्थतन्त्र सुधार नहुनुमा पर्याप्त तयारीबिना बजेट प्रस्ताव ल्याउने काम पनि प्रमुख कारक भएको दाबी गरेका छन् ।

सार्वजनिक खर्च व्यवस्थापनमा गम्भीर खालका चुनौती रहेको भन्दै उनले बजेट सुनिश्चित नहुँदै ठेक्का लगाउने प्रवृत्तिले अर्थतन्त्रमा थप समस्या सिर्जना गरेको बताएका छन् । ‘अनावश्यक देखिएको संरचना खारेज नगर्ने प्रवृत्ति विद्यमान छ । वैदेशिक सहायताको उपयोग क्षमता कमजोर हुनुले उपयोग विनियोजनको औसत ५० प्रतिशत जतिमात्र छ,’ महतको प्रतिवेदनमा उल्लेख छ ।

अर्थमन्त्री महतले देशको अर्थतन्त्र सुधारका सम्भावनाका क्षेत्रमा जलविद्युत् आयोजना, कृषिको व्यवसायीकरण, पर्यटन र सूचना प्रविधिको क्षेत्र औँल्याएका छन् ।
Nepali Congress aarthik awastha final फागुन ६ गते1708426373

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १६:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट