गेटाफेलाई बार्सिलोनाले सजिलै हरायो

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १३, २०८० 0९:0९
गेटाफेलाई बार्सिलोनाले सजिलै हरायो

स्पेनिस ला लिगामा शनिबार राति भएको खेलमा गेटाफेलाई सहज रुपमा हराउँदै बार्सिलोना विजयी बनेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ४–० ले हराएको हो ।

खेलको २० औँ मिनेटमा राफिन्हाले बार्सिलोनालाई पहिलो अग्रता दिलाए । पहिलो हाफ १–० ले अघि रकेको बार्साको लागि फेलिक्सले ५३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । दोश्रो हाफ पछि सुधारिएको खेल खेलेको बार्सिलोनाको लागि डि जोङले ६१औं मिनेटमा तेस्रो गोल गर्दै टिमलाई थप मजवुत अवस्थामा लगेका थिए ।

खेलको इन्जुरी समयमा लोपेजले चौथो गोल गर्दै बार्सिलोनालाई ४–० को जित दिलाए। जितपछि बार्सिलोना २६ खेलबाट ५७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । भने गेटाफे ३४ अंकसहित दशौं स्थानमा छ ।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १३, २०८० 0९:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट