विप्लवका विद्यार्थीले नाम फेरे

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ९, २०८० १0:१६
विप्लवका विद्यार्थीले नाम फेरे

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनले संगठनको नाम परिवर्तन गरेको छ । काठमाडौंमा जारी २३ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रले यस अघि अखिल (क्रान्तिकारी) परिवर्तन गरेर अखिल (समाजवादी) राख्ने निर्णय गरेको केन्द्रीय अध्यक्ष प्रकाश सी नवयुगले जानकारी दिए।

संगठनको २३ राष्ट्रिय सम्मेलनको उद्घाटन राजधानी काठमाडौंको वाल्मिकी क्याम्पस प्रदर्शन मार्गमा आइतबार नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले उद्घाटन गरेका थिए ।

सोमबार बिहानदेखि त्रिभुवन विश्वविद्यालयमा बन्दसत्र सुरु भएको हो । सम्मेलन बिहीबारसम्म सकिने छ।

अखिल (क्रान्तिकारी) भन्दा कुन पार्टी निकटको अखिल (क्रान्तिकारी) हो भन्ने चिनाउन मुस्किल भएकाले पनि विप्लव निकट विद्यार्थी संगठनको २३ औ अधिवेशनमा सहभागी प्रतिनिधिले नाम परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हलमा जारी सम्मेलनले विचार र प्रतिवेदन पारित गरेको छ भने बुधवार नेतृत्व चयन गर्ने छ ।

बुधवार बिहान आठ बजेबाट सुरु हुने बन्दसत्रमा महासचिव विप्लवले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ९, २०८० १0:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट