रघुजी पन्तले ३ मन्त्रीको राजिनामा मागे

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन १०, २०८० १२:१४
रघुजी पन्तले ३ मन्त्रीको राजिनामा मागे

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारका तीन मन्त्रीको राजीनामा माग गरेको छ। बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा(एमाले)का सांसद रघुजी पन्तले बालकुमारी घटनामा नैतिकताको आधारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन्।

त्यस्तै अख्तियारको छानबिनमा परेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र लुम्बिनीस्थित रामग्रामको जग्गा भाडामा लगाउने विवादास्पद निर्णय गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराँती पनि पदमा बस्न नमिल्ने उनले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल पनि कानुन विपरीत ठहरिएको रामग्रामको कार्यक्रममा उद्घाटनमा गएको भन्दै त्यसको जवाफ पनि प्रधानमन्त्रीले दिनुपर्ने उनले पन्तले बताए।

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन १०, २०८० १२:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट