ड्युटीमा जाँदाजाँदै हवल्दार खड्काको दुर्घटनामा मृत्यु

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन १०, २०८० १२:३९
ड्युटीमा जाँदाजाँदै हवल्दार खड्काको दुर्घटनामा मृत्यु

मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दार लेखबहादुर खड्काको मृत्यु भएको छ । प्रहरी वृत्त बानेश्वर दरबन्दी भई हाल प्रहरी बिट कृष्ण मन्दिरमा कार्यरत हवल्दार खड्काको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

मंगलबार बेलुकी ड्युटीको लागि जाँदै गर्दा उनले चलाएको बा ९९प २८८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

टाउकोमा गम्भीर चोट लागेका उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेकोमा थप उपचारको लागि बाँसबारी ब्युरो अस्पताल लगिएको थियो । उपचारको क्रममा बुधबार बेलुकी उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन १०, २०८० १२:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट