भैरहवामा सोलार रुफटफबारे अन्तरक्रिया सम्पन्न

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ११, २०८० ११:0६
भैरहवामा सोलार रुफटफबारे अन्तरक्रिया सम्पन्न

वैकल्पिक ऊर्जा प्रवर्द्दन केन्द्र अन्तर्गत जर्मन सरकार, के. एफ. डब्लुको आर्थिक सहयोगमा सञ्चालित डि.के.टि.आई. सोलार आयोजनाले सिद्धार्थ उद्योग बाणिज्य संघको सहकार्यमा उद्योग ब्यबसायीहरुसँग हालसालै भैरहवामा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम सिद्घार्थ उद्योग बाणिज्य संघ, भैरहवाका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रमको शुरुवातमा केन्द्रका निर्देशक श्री डा. नारायण प्रसाद अधिकारीले नेपालमा वैकल्पिक ऊर्जाको दायरा र औचित्य बारे धारणा राख्दै केन्द्रका विभिन्न कार्यक्रमहरुको बारेमा छोटो जानकारी दिएका थिए।

उनले सोलार रुफटफ कार्यक्रम सफल पार्नको लागि समेत उधोग तथा ब्यवसायीहरुसँग समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए। कार्वन उत्सर्जनमा कमी ल्याउन पनि नवीकरणीय ऊर्जाको क्षेत्रमा बिषेश जोड दिनुपर्ने आवश्यकता रहेको श्रेष्ठले बताए ।

आयोजनाका प्रोजेक्ट म्यानेजर ईन्जिनियर सन्तोष राईले उक्त आयोजनाको सक्षिंप्त जानकारीका साथ सोलार रुफटफ कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । उनले नवीकरणिय ऊर्जा नीतिमा रहेको प्रावधान र सोलार रुफटफ जडान गर्नको लागि कुनै उद्योग ब्यबसायी आफैंले वा ईनर्जी सर्भिस कम्पनीले ऋण लिएमा उक्त ऋण रकमको ब्याजदरमा पचास प्रतिशत सम्म अनुदान ५ वर्षसम्म दिईने कुराको जानकारी दिए।

छलफलको क्रममा ट्रयाक्टेबेल ईन्जिनियरीङ्ग (पि.आई.सी.) को तर्फबाट डेपुटी टिम लिडर ईन्जिनियर खेमराज भण्डारीले सोलार रुफटफको प्राविधिक र आर्थिक पक्षबारे बिस्तृत रुपमा प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा उल्लेख्य मात्रामा उपस्थित भएका उद्योग ब्यबसायीहरुले उत्सुकतापूर्वक छलफल तथा अन्र्तकृयामा प्रश्नोत्तर गरेका थिए । आयोजनामा भएका वातावरणीय तथा सामाजिक पक्षहरुलाई समेटेर छोटो प्रस्तुती दिएका बिबेक कान्त न्यौपानेले कुनैपनि विकासको परियोजनाहरुमा वातावरणीय पक्षले त्यसको दिगोपनमा सहयोग ल्याउने र प्रक्रियाहरुमा सहजीकरण गरिने बताए । सोलार रुफटफका आवेदन प्रक्रिया, फाराम र अन्य महत्वपूर्ण जानकारी आयोजनाका रुफटफ संयोजक निरज सापकोटाले दिएका थिए।

कार्यक्रमको अध्यक्षता गरेका श्रेष्ठले यस प्रकारको जानकारीमूलक कार्यक्रम सञ्चालनले सोलार रुफटफको प्रवर्धन सहज हुन सक्ने भन्दै नेट मिटरीङ्ग र अन्य समस्याहरुको सहजीकरणको लागि समेत केन्द्र र बिद्युत प्राधिकरण बीच समन्वयको अभाब देखिएको प्रष्ट पारेका थिए।

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ११, २०८० ११:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट