हिंडेर अमेरिका पुगेकाहरु प्लेनमा हालेर काठमाडौँ ल्याईए

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ११, २०८० १३:४९
हिंडेर अमेरिका पुगेकाहरु प्लेनमा हालेर काठमाडौँ ल्याईए

अवैध बाटो भएर अमेरिका प्रवेश गरेको आठ जना नेपाली स्वदेश फर्काइएका छन्।

तल्लो बाटो भएर अमेरिका पुगेका उनीहरूलाई बिहीबार अमेरिकाले चार्टर उडानबाट काठमाडौं फिर्ता गरेको हो ।

उनीहरू बिहीबार दिउँसो साढे ३ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको अध्यागमन कार्यालय स्रोतले बतायो ।

८ जना नेपाली अवैध रूपमा छिरेको पाइएपछि अमेरिकाले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

नेपालीहरू धेरैजसो अवैध बाटोको प्रयोग गरी अमेरिका छिर्ने गरेको पाइन्छ। यसरी अमेरिका छिरेको पाइए त्यहाँको सरकारले डिपोर्ट गर्ने गरेको छ।

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ११, २०८० १३:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट