भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्ट्राचारको मुद्धा दर्ता

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन ६, २०८० १६:४७
भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्ट्राचारको मुद्धा दर्ता

मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।

अख्तियारले पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध मुद्दा दायर गरेको हो।

अख्तियारले अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ।

अख्तियारले तीन पूर्वसचिव र अध्यागमन विभागका प्रमुख तामाङसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो।

उपाध्याय मेलम्ची खानेपनी विकास समितिको अध्यक्ष तथा नेपाल सरकारको विशिष्ट श्रेणीका सचिव पदमा रही उक्त भ्रष्टाचारमा संलग्न रहेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुनसमेत मागदाबी गरिएको अख्तिायरले जनाएको छ।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन ६, २०८० १६:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट