रेखा थापाकी छोरी नाम जुर्यो ‘वैभवी राज्यलक्ष्मी शाही ठकुरी’

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ११, २०८० १९:५२
रेखा थापाकी छोरी नाम जुर्यो ‘वैभवी राज्यलक्ष्मी शाही ठकुरी’

चर्चित अभिनेत्री रेखा थापाले अमेरिकामा छोरीलाई जन्म दिएकी छन्। उनले आफ्नो पहिलो सन्तानका रुपमा छोरीको जन्म भएको जानकारी सामाजिक सञ्जालमा दिएकी छन्।

उनले छोरी जन्मेको जानकारी दिँदै उनी जन्मिनुको कारण महान् रहेको बताएकी छन्।

‘हेर आकाशमा कालो बादल वरिपरी चाँदीको घेरा छ’, उनले भनेकी छन्, ‘हेर धर्तीमा तिमी जन्मनुको महान् कारण छ।

उनले छोरीको नाम पनि जुराएकी छन्। पतिसहितको तस्बिर सेय गर्दै उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको जनाएकी छन्।

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ११, २०८० १९:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट