माओवादी नेता जनक बर्तौलामाथि आक्रमण : क्रान्ति बराईली पोखराबाट पक्राउ

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ११, २०८० २0:५४
माओवादी नेता जनक बर्तौलामाथि आक्रमण : क्रान्ति बराईली पोखराबाट पक्राउ

माओवादी नेता जनक बर्तौलामाथि आक्रमण गर्ने गिरोहका एक सदस्य भएको आरोपमा प्रहरीले क्रान्ति बराइली भनिने निलम विश्वकर्मालाई पक्राउ गरेको छ । विश्वकर्मा पोखराबाट पक्राउ गरेर अनुसन्धानको लागि काठमाडौँ ल्याईएका छन् ।

गत कार्तिक २२ गते काठमाडौंको बानेश्वरस्थित आइप्लेक्स मलनजिक नेता बर्लौलामाथि खुकुरी प्रहार गरी फरार रहेको अभियोगमा प्रहरीले यसअघि तीनजनालाई नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा बाँके कोहलपुर– १० का २४ वर्षीय शेरबहादुर थारू, झापा मेची नगरपालिका– ८ का ३४ वर्षीय टेकबहादुर प्रधान र बाँके कोहलपुर– १ का २६ वर्षीय आशिष लामिछने मगर रहेको प्रहरीले जनाएको थियो।

उनीहरूको साथबाट खुकुरी, कपडा, जुत्ता र झोला बरामद भएको थियो। प्रहरी स्रोतका अनुसार बराइलीलाई ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान भइरहेको छ। माओवादीको प्रदेश कमिटी सदस्य तथा राखेपको बोर्ड सदस्य समेत रहेका बर्तौलामाथिको आक्रमणलाई प्रहरीले गम्भीरताका साथ् हेरिरहेको छ ।

केहि समय पहिले बर्तौलाले आफुविरुद्धको आक्रमणमा अनुराग कुँवर, क्रान्ति बराईली, मुक्ति संग्राम विष्ट लगायतको हात रहेको बताउदै आएका छ । उनले सामाजिक संजाल मार्फत नै उनीहरुको बारेमा लेखेका छन् ।


  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ११, २०८० २0:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट