१४ किलो सुन तस्करी : योजनाकार प्लाटिनम कलेजका अध्यक्ष गुरुङ पक्राउ

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १४, २०८० १0:0९
१४ किलो सुन तस्करी : योजनाकार प्लाटिनम कलेजका अध्यक्ष गुरुङ पक्राउ

१४ किलो सुन तस्करी प्रकरणमा डिल्लीबजारको कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवन कुमार गुरुङ पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली गुरुङलाई पक्राउ गरेको हो । गत २१ मंसिरमा विमानस्थलमा बरामद भएको १४ किलो सुन तस्करीमा उनको संलग्नता पुष्टि भएको थियो ।

उनी १४ किलो सुन तस्करीका योजनाकार रहेको पाइएको थियो । त्यस यता उनी फरार अवस्थामा रहेका थिए ।

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १४, २०८० १0:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट