सवारी ज्यान मुद्धामा धर्मेन्द्र बास्तोला १ वर्ष थुनिने

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १४, २०८० १७:५५
सवारी ज्यान मुद्धामा धर्मेन्द्र बास्तोला १ वर्ष थुनिने

सवारी ज्यान मुद्दामा क्रन्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्रप्रसाद बास्तोला दोषी ठहर भएका छन् । दाङ जिल्ला अदालतले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद सजायको फैसला सुनाएको हो ।

आइतबार दाङ जिल्ला अदालतका न्यायधीश मनोजकुमार श्रीवास्तवको इजलासले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएका हुन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिङ्गे नजिकै बास्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ का २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएको थियो ।

सोही मुद्दामा प्रहरीले बास्तोलाविरुद्ध सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा २ बमोजिम कैद र जरिवानाको मागदावी लिई मुद्दा दायर गरेको थियो ।

तर अदालतले भने ऐनको दफा १६१ को उपदफा ३ बमोजिमको कसुर ठहर गर्दै १ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना गरेको हो । उक्त दफामा कसैको ज्यान जानसक्छ भन्ने नदेखिएको अवस्थामा सवारी चलाउँदा दुर्घटना भई ज्यान मरेमा १ वर्षसम्म कैद र २ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बास्तोलालाई १ वर्ष कैद सजाय हुने व्यवस्था गरिएको हो ।

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १४, २०८० १७:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट