डिभोर्स माग्दा छातीमा गोलि : सहायक हवल्दारद्वारा जवान श्रीमतीको हत्या !

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ४, २०८० 0७:२२
डिभोर्स माग्दा छातीमा गोलि : सहायक हवल्दारद्वारा जवान श्रीमतीको हत्या !

दाङको घोराहीमा गोली प्रहार गरी एक महिला प्रहरीको हत्या भएको छ। दामोदर चोकमा गोली प्रहारबाट धनमाया थापाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले बताए। धनमायालाई उनका पति यमबहादुर झाँक्रीले गोली प्रहार गरेका हुन्।

यमबहादुर नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत थिए भने धनमाया वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत थिइन्। गोली प्रहार गर्ने यमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीआईजी कडायतले जानकारी दिए। गोली प्रहार गर्नुको कारण खुल्न बाँकी रहेको कडायतले बताए।

तीन राउन्ड गोलि चलाएर पल्सर मोटरसाईकलमा आएका युवा फरार भए । धनमायाको गोलि छाति र कोखामा लागेको छ । लगत्तै उनलाई राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा लगियो । रातिको करिब पौने ९ बजेतिर उनको निधन भयो ।

प्रहरीले हत्यामा संलग्न ३५ वर्षिय यमबहादुर झाँक्रीलाई भे १२ प ११५० नम्बरको पल्सर मोटरसाईकलसहित पक्राउ गरिसकेको छ ।
यमबहादुर प्रहरी सहायक हवल्दारको पदमा नेपाल प्रहरी आवासीय मावि घोराहीमा दरबन्दी भई कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत तर अहिले नेपालगञ्ज बाँकेमा कार्यरत रहेका थिए ।

प्रहरी स्रोतका अनुसार धनमाया श्रीमानसंग अलग हुन खोजेकी थिईन । उनले डिभोर्सका लागि दाङ जिल्ला अदालतमा मुद्दा हालेकी थिईन् ।

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ४, २०८० 0७:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट