ठगि र किर्तेमा जेल बस्नेसँग आईजीपीको पारिवारिक डिनर : बाहिर कान्छी राख्न छुट ?

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन १५, २०८० १0:३७
ठगि र किर्तेमा जेल बस्नेसँग आईजीपीको पारिवारिक डिनर : बाहिर कान्छी राख्न छुट ?

आईजीपी बसन्त कुँवरका नियमित पाहुना हुन् किर्ते आरोपमा पक्राउ खेपेका पत्रकार मदनबाबु भण्डारी। गुल्मी इस्मा गाउँपालिका स्थायी घर भएका भण्डारीले सुरक्षा न्युज डट कम सञ्चालन गर्दै आएका छन् ।

सरकारी कागजात किर्ते गरेको आरोपमा भण्डारी पक्राउ परेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौँका तत्कालिन प्रमुख एसएसपी दानबहादुर कार्कीको निर्देशनमा प्रहरीले सुरक्षा न्युज नेटवर्कका प्रबन्ध निर्देशक रहेका भण्डारी त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो ।

भण्डारीको बारेमा सरकारी कागजात किर्तेको उजुरी परेको र सोही क्रममा अनुसन्धानका लागि पक्राउ गरिएको बताईन्छ । प्रहरीका उच्च पदस्थ अधिकृतसँग हिमचिम भएका भण्डारी तल्लो तहका प्रहरी अधिकृतसँग रवाफ देखाउने गरेको प्रहरी अधिकृतको भनाइ छ । सरुवाबढुवामा खेलोफड्को गर्ने बदनाम पात्रको रुपमा उनी चित्रित छन् ।

सार्वजनिक भएको पछिल्लो फोटोमा भण्डारीका कान्छी श्रीमतीका छोरीहरुलाई आईजीपी र उनकी श्रीमतीले समातेर बसेका छन् । भण्डारीले जेठी श्रीमतीसंग डिभोर्स नगरेको स्रोतले बतायो ।

उनी यसअघि बुटवलका तत्कालीन डिएसपी राजकुमार बैदवारले ठगीकाण्डमा मुद्दा चलाएर कारागार बसेर निस्केका थिए । बाँकेको कोहलपुरमा पनि उनी ठगी मुद्दामा हिरासत बसेका थिए ।

२०७० बैशाख २६ गते ठगी तथा गाडी चोरी मुद्दामा ईलाका प्रहरी कार्यालय रुपन्देहीबाट पक्राउ परी करिव डेढ बर्ष जेलमा परेका गुल्मी घर भई हाल पत्रकारीताको आबरणमा त्यसमा पनि पुलिसका बारेमा समाचार बनाउदै दलाली गर्दै हिड्ने मदनबाबु भन्डारीको बिगत त अध्यारो नै थियो तर आईजीपीसंगको सम्बन्धको कारण उज्यालो भएको जानकारहरु बताउँछन् ।


  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन १५, २०८० १0:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट