नेपालको खराब सुरुवात : १३ रनमा ३ विकेट गुम्यो

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० १0:0४
नेपालको खराब सुरुवात : १३ रनमा ३ विकेट गुम्यो

विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ।

नेपालले तेस्रो विकेटका रूपमा ओपनर आरिफ शेखलाई ४ रनमा गुमाउन पुग्दा नेपाली इनिङ संकटमा परेको हो।

शेखलाई ज्याक ब्रसेलले जेजे स्मिथद्वारा क्याचआउट गराए। उनले ११ बल खेलेर १ चौका प्रहार गरेका थिए।

नेपालले ४ ओभरको समाप्तीमा १३ रन बनाउँदा ३ विकेट गुमाएको हो। त्यसअघि नेपालले दोस्रो विकेटका रूपमा अनिल साहलाई गुमाएको थियो।

२.१ ओभरमा १२ रन जोड्दा आफ्नो दोस्रो ओभर लिएर आएका रुवेन ट्रम्पेलम्यानलेनै अनिला साहालाई एलबिडब्ली आउट गराएका थिए। साहा ६ बल खेल्दै ८ रन बनाएर आउट भए।

त्यसअघि पहिलो ओभरको पहिलो बलमै कुशल भुर्तेल ट्रमपलम्यानकै बलमा जेजे स्मिथ द्वारा क्याचआउट भएका थिए। ट्रम्पेलम्यानको यो दोस्रो विकेट हो।

अहिले क्रिजमा कप्तान रोहित पौडेल र भीम सार्की रहेका छन्।

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० १0:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट