माओवादीमा कसलाई कुन जिम्मेवारी ?

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १६, २०८० १२:00
माओवादीमा कसलाई कुन जिम्मेवारी ?

माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन गरेको छ । बुधबार बसेको स्थायी समिति बैठकले नेताहरूको कार्यविभाजन गरेको हो । जसअनुसार कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल इन्चार्ज भएका छन् । केन्द्रीय सदस्य सावित्रीकुमार काफ्ले सहइन्चार्ज भएका छन् ।

मधेसमा सचिव लीलामणि पोखरेल, सहइन्चार्ज विश्वानाथ साह, बागमती प्रदेशमा उपाध्यक्ष अग्निप्रसाद सापकोटा इन्चार्ज र सहइन्चार्ज चुन्न बाँकी रहेको छ । गण्डकीमा सचिव दीनानाथ शर्मा इन्चार्ज र केन्द्रीय सदस्य हरिराज अधिकारी सहइन्चार्ज, लुम्बिनीमा सचिव चक्रपाणि खनाल इन्चार्ज, स्थायी समिति सदस्य कुलप्रसाद केसी सहइन्चार्ज, कर्णालीमा स्थायी समिति सदस्य कालीप्रसाद मल्ल इन्चार्जको जिम्मेवारी दिइएको छ भने सहइन्चार्ज चुन्न बाँकी रहेको छ ।

सुदूरपश्चिममा उपमहासचिव गिरिराजमणि पोखरेल इन्चार्ज र केन्द्रीय सदस्य बिना मगर सहइन्चार्ज बनाइएको छ । यस्तै प्रवासतर्फ मध्यपूर्वमा इन्चार्ज उपाध्यक्ष पम्फा भुसाल , भारतमा केन्द्रीय सदस्य लक्ष्मण पन्त, युरोप अमेरिकामा सचिव सुरेन्द्रकुमार कार्की रहेका छन् । विशेष प्रदेश समितिमा सचिव हितमान शाक्य रहेका छन् । सहइन्चार्ज स्थायी समिति सदस्य यशोदा सुवेदी रहेकी छिन् ।

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १६, २०८० १२:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट