मृतक प्रहरी जवानका परिवारलाई सहकर्मीले उठाएर दिए २ लाख सन्ताउन्न हजार

  • मिसन संवाददाता
  • शुक्रबार, पुस ६, २०८० १२:0७
मृतक प्रहरी जवानका परिवारलाई सहकर्मीले उठाएर दिए २ लाख सन्ताउन्न हजार

बाँके प्रहरीले मातहतका कर्मचारीसँग रकम संकलन गरेर हालै सवारी-साधनकाे ठक्करबाट मृत्यु भएका प्रहरी जवान विशाल ओलीकाे परिवारलाई हस्तान्तरण गरेकाे छ।

मंसिर २८ गते बाँकेकाे मदनचाेक बिटमा डिउटीमा रहँदा प्रहरी जवान ओलीलाई जीपले ठक्कर दिएकाे थियाे। उनकाे उपचारकाे क्रममा त्यही दिन मृत्यु भएकाे थियाे।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगी र इलाका प्रहरी कार्यालय, काेहलपुरका डिएसपी सुन्दर तिवारीले रुकुम-पश्चिम मुसीकाेट पुगेर मृतक प्रहरी जवान ओलीकाे परिवारलाई २ लाख सन्ताउन्न हजार नाै सय अठासी रुपैयाँ सहयाेग गरेकाे हाे।

  • मिसन संवाददाता
  • शुक्रबार, पुस ६, २०८० १२:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट