महानगर प्रहरी र व्यवसायीको हानाहानमा धेरै घाइते

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन १७, २०८० 0८:३१
महानगर प्रहरी र व्यवसायीको हानाहानमा धेरै घाइते

काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र काठमाडौँ महानगर प्रहरीबीच बुधबार साँझ झडप भएको छ। झडपमा ५ नगरप्रहरी र ६ व्यवसायी गरी ११ जना घाइते भएका छन्।

फुटपाथ व्यवासायीले सुन्धारामा पसल राख्न खोजेपछि महानगर प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो।

महानगर प्रहरीले धरहराअगाडि राति ९ बजेअघि व्यवसाय सुरु नगर्न आग्रह गरेको तर फुटपाथ व्यवसायीले साँझ ७ बजे नै पसल राख्न सुरु गरेकाले हटाउन खोज्दा प्रहरी टोलीमाथि नै आक्रमण भएको दाबी गरेको छ।

उता नेपाल स्वरोजगार व्यापार श्रमिक संघले भने काठमाडौँ महानगर प्रहरीका डीएसपी मनोज लामिछाने नेतृत्वको प्रहरी टोलीले मजदुरमाथि आक्रमण गरेको दाबी गरेको छ।

विज्ञप्ति जारी गर्दै संघले भनेको छ, ‘काठमाडौँ महानगर प्रहरीका डीएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित महानगर प्रहरीहरूले आज (बुधबार) साँझ सवा ८ बजेको समयमा काठमाडौँको सुन्धारा आसपासका सडकमा स्वरोजगार मजदुरहरूलाई आक्रमण गरी घाइते बनाउनुका साथै, सामानसमेत लुटपाट गरेर मजदुरहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन १७, २०८० 0८:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट