गृहमन्त्री लामिछाने आज प्रहरी हेडक्वार्टर जाने

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन २७, २०८० 0८:५२
गृहमन्त्री लामिछाने आज प्रहरी हेडक्वार्टर जाने

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने आज नेपाल प्रहरीको प्रधान कार्यालय नक्साल जाने भएका छन् ।

गृहमन्त्रालय सम्हालेपछि हरेक मन्त्रीले प्रधान कार्यालयको निरीक्षण गर्ने परम्परा रहेकोले लामिछानेले दोस्रो पटक प्रधान कार्यालयको निरीक्षणका लागि जाने भएका हुन् ।

उनी यसअघि अघिल्लोपटक मन्त्री बन्दा २०७९ साल पुस १५ गते हेडक्वार्टर पुगेका थिए ।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन २७, २०८० 0८:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट