बैंकको पैसा नतिर्ने आन्दोलनका नेताले भने : गिरफ्तारी दिन काठमाडौं आएको हुँ !

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन २७, २०८० ११:५२
बैंकको पैसा नतिर्ने आन्दोलनका नेताले भने :  गिरफ्तारी दिन काठमाडौं आएको हुँ !

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले आफू गिरफ्तारी दिनका लागि झापादेखि काठमाडौं आइपुगेको बताएका छन् ।

आज (आइतबार) झापादेखि काठमाडौं आएका प्रसाईँले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंकको ऋण नतिर्ने र तिर्न नदिनेलाई कारबाही गर्ने चेतावनी दिएकाले आफू काठमाडौं आएको बताए ।

‘केही तस्करहरुले अर्थमन्त्रीलाई भेटेर दुर्गा प्रसाईँलाई पक्रिन पर्यो भन्ने कुरा गर्दैगर्दा म किन भाग्ने त भनेर म गिरफ्तारी दिन काठमाडौं आएको हुँ,’– उनले भने ।

सर्वहार वर्गको उत्थानका लागि माओवादीले २०५२ सालदेखि क्रान्ति सुरु गरेपनि आज तिनै सर्वहार वर्गका छाला छिल्ने काम गरेको उनको टिप्पणी छ । सर्वहारा वर्गको उत्थानका लागि बोल्दा सरकारले आफूलाई हस्तक्षेप गरेपनि निरन्तर अगाडि बढ्ने उनको प्रतिवद्धता छ ।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन २७, २०८० ११:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट