राजावादीहरुले पार्टी कार्यालय मै कुटे पूर्व एआईजी

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन २७, २०८० १३:३३
राजावादीहरुले पार्टी कार्यालय मै कुटे पूर्व एआईजी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्ष बाहिर पार्टीको कार्यसम्पादन समितिका ठाकुरमोहन श्रेष्ठ कुटिएका छन् । महामन्त्री विक्रम पाण्डेका समर्थकहरूले उनीमाथि हातपात गरेका हुन् । ठाकुरमोहन पूर्व एआइजी हुन् ।

पार्टीको कार्यसम्पादन समितिको आज पार्टीको केन्द्रीय कार्यालयमा बसेको थियो । उक्त बैठकमा पार्टी अनुशासनका विषयमा छलफल चलिरहँदा श्रेष्ठले आफ्नो भनाइ राखेका थिए । उनले बोल्ने क्रममा भ्रष्टाचारको प्रसंग उठाए र महामन्त्री पाण्डेलाई सिधै ‘भ्रष्टाचारी’ भनिदिए । त्यसपछि बैठक तनावपूर्ण बनेको थियो ।

भित्रबाट दीपक सिंह, बुद्धिमान तामाङ लगायतका नेताहरू बाहिर निस्केर उत्तेजित भिडलाई रोक्छन् । त्यसपछि प्रत्यक्ष प्रशारण बन्द गरिएको थियो ।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन २७, २०८० १३:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट