सुनको सिक्री नपाउँदा बिहे रद्ध गर्ने सरकारी कर्मचारी पक्राउ

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन २९, २०८० १३:४३
सुनको सिक्री नपाउँदा बिहे रद्ध गर्ने सरकारी कर्मचारी पक्राउ

दाइजोमा सुनको सिक्री नपाएको भन्दै बिहे रद्द गर्ने बेहुला पक्राउ परेका छन् । वीरगन्ज महानगरका एक कर्मचारीले सोमबार राति विवाह नै रोकेपछि प्रहरीले उनलाई मंगलबार बिहानै २ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्ने वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साह हुन् । उनले दाइजोमा सुनको सिक्री नपाएपछि विवाह नै रद्द गरेका थिए ।

साहले दाइजोमा नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको औँठी र हनुमानको माला पाइसकेका थिए ।

तर राति मण्डपमा सुनको सिक्री नपाएपछि उनले बिहे नै रोकेर जन्ती फिर्ता लगेका थिए ।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन २९, २०८० १३:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट