प्रचण्डबाट धोका पाएकाहरु एकैपटक उभिए के हुन्छ ?

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ३०, २०८० १२:५६
प्रचण्डबाट धोका पाएकाहरु एकैपटक उभिए के हुन्छ ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्डलाई तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ ? भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूहरूले अवस्था बदल्लौ भन्दा प्रचण्डले गठबन्धन बदलेको बताए।

उनले भने- पोहोर एमाले विपक्षमा रहेको अहिले कांग्रेस विपक्षमा रहेको पालैपालो विपक्षमा रहेकाहरूको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र ? पालैपालै विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने पनि धोका खाएकाहरू एक हौँ भन्ने नारा लाग्यो भने राजनेताको गद्दीको हालत के होला ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशभर विश्वासको महाखडेरी परेको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पटक-पटक विश्वास माग्न संसद्‍मा उभिने गरेको भन्दै व्यंग्य गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा उनले प्रशासन, अस्पताल, व्यापारी, विद्यालय, छिमेकी हुँदै राजनीतिक नेतृत्वप्रति विश्वासको वातावरण नभएको बताए।

‘हाम्रो देशमा सबैभन्दा धराप अवस्थामा विश्वास छ। प्रशासन, अस्पताल, व्यापारी, विद्यालय, छिमेकी हुँदै राजनीतिक नेतृत्तवप्रति पनि विश्वास छैन। विश्वासको यस्तो महाखडेरी परेको बेलामा विश्वासको मत माग्न प्रधानमन्त्री उभिनुभएको छ,’ उनले भने।

उनले एक वर्षमा तीन पटक विश्वासको मत पाउन लागेकाे भन्दै यसले आफूलाई अचम्म लागेको बताए।

‘गज्जब छ वर्षमा १ पटक हैन, ३ पटक पाउनुहुन्छ। अचम्म लाग्छ, विश्वासको मत पनि पाउनुहुनछ, म अचम्मित भएर आफ्ना अभिव्यक्ति राख्न चाहन्छु,’ उनले भने।

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ३०, २०८० १२:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट