बाबुरामको पार्टीमा आज विभाजनको खतरा

  • मिसन संवाददाता
  • आइतवार, चैत्र ४, २०८० ११:३६
बाबुरामको पार्टीमा आज विभाजनको खतरा

नेपाल समाजवादी पार्टी (नेसपा)ले अध्यक्ष महिन्द्र राय यादव पक्षमाथि कारबाहीको तयारी भएको छ । पार्टीभित्र छलफल नगरी शनिवार माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको भन्दै अर्का अध्यक्ष बाबुराम भट्टराई पक्षले कारबाहीको तयारी गरेको हो ।

कारबाहीको विषयमा आइतबार बस्ने केन्द्रीय कार्यकारिणी बैठकले आवश्यक निर्णय लिने कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिए ।

महिन्द्र पक्षधरले बैठक बहिस्कार गर्ने निर्णय गरिसकेको छ । आफूहरूसँग कुनै सल्लाह नगरी अध्यक्ष बाबुरामले बैठक बोलाएको भन्दै केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति बैठकमा नजाने महासचिव रमेशप्रसाद यादवले जानकारी दिए ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्र र नेसपाका महिन्द्र पक्ष समूहबिच पार्टी एकता गर्ने ४ बुँदे सहमति भएको थियो । उक्त निर्णयबाट अध्यक्ष बाबुराम आक्रोशित भएका छन् ।

  • मिसन संवाददाता
  • आइतवार, चैत्र ४, २०८० ११:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट