प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्छः अध्यक्ष राउत

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ३०, २०८० १४:४६
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्छः अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले विश्वासको मत प्रत्यक्ष रुपमा जनताको हातमा सुम्पिन आवश्यक रहेको बताए ।

उनले जनताले हामीलाई दिएको विश्वासको मतलाई हामीले बचाउन नसकेको उल्लेख गर्दै अहिलेको संसदको गन्थनमन्थनबाट जनताले केही पाउन नसकेको टिप्पणी गरे ।

उनले भने, ‘जनताले हामीलाई दिएको विश्वासको मतलाई हामीले बचाउन सकेनौँ । कहिले यता, कहिले उता हाल्नुपरेको छ । विश्वासको मत प्रत्यक्ष रुपमा जनताको हातमा सुम्पौँ । र जनताले नै प्रत्यक्ष रुपमा निर्वाचित प्रधानमन्त्री ल्याउने व्यवस्था गरौँ । अहिले बनेको गठबन्धनमा सैद्धान्तिक धरातल नै छ भनेर भन्न सकिँदैन । किनभने एउटा दलले भनेर जानुभयो, उहाँ नवउदारवादमा विश्वास गर्नुहुन्छ । जनताले यसबाट के पायो ।’

अध्यक्ष राउतले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै मधेशीहरुलाई राज्यले हत्या गर्दा नबोलेको प्रति आपत्ति जनाए । उनले जनता समाजवादी पार्टी, नेपालप्रति लक्षित गर्दै गौर नरसंहरामा विभत्स हत्या गर्ने व्यक्तिहरुसँगै अहिले गठबन्धनमा बसेको रास्वपाले उनीहरुलाई कारबाही गर्ने ल्याकत रास्वपाले राख्नुपर्ने बताए ।

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ३०, २०८० १४:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट