डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कार्यपालिका बैठकमै कुटपिट भएको छ । कार्यपालिका सदस्यहरूले उनलाई कुटपिट गरेका हुन् ।
कुटपिटबाट जोशी घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनको अहिले जोगबुढा अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ ।