हाजिर जमानीमा छुटे प्रभु बैंकका डेपुटी सीईओ मनोजसहित ११ जना

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र १, २०८० १९:१७
हाजिर जमानीमा छुटे प्रभु बैंकका डेपुटी सीईओ मनोजसहित ११ जना

प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जना हाजिर जमानीमा छुटेका छन् । कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई सीआईबीले हाजिर जमानीमा छाडेको हो । अनुसन्धानको कामहरु लगभग पूरा भइसकेको र बयान समेत सकिएपछि उनीहरुलाई हरेक दिन सीआईबी उपस्थित हुने गरि छाडिएको छ ।

उनीहरुलाई कागज गरेर बैंकर एशोसिएसन, प्रभु बैंकका सीईओ र परिवारको जिम्मा लगाइएको छ।उनीहरुलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले २८ फागुनमा जिल्ला अदालतबाट अनुमति लिएको थियो ।

सीआईबीले १५ फागुनमा न्यौपानेसहित सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो।

हाल सेन्चुरी बैंक प्रभु बैंकमा मर्ज भएपछि न्यौपाने वरिष्ठ डेपुटी सीईओका रुपमा कार्यरत थिए । उनीहरुले सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको अनुसन्धानबाट देखिएको थियो ।

यो धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी भएको सीआईबी स्रोतले बतायो ।

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र १, २०८० १९:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट