बाँसबारी जग्गा हिनामिना काण्डमा बिनोद चौधरीको बयान लिँदै सीआईबी

  • मिसन संवाददाता
  • आइतवार, चैत्र ४, २०८० १३:३३
बाँसबारी जग्गा हिनामिना काण्डमा बिनोद चौधरीको बयान लिँदै सीआईबी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति एवम् सांसद विनोद चौधरीको पनि बयान लिने भएको छ ।

गृहमन्त्रालयमा गृहमन्त्री रवि लामिछानेले आइतबार सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीलाई बोलाएर निर्देशन दिएका हुन् । बैठकमा गृह सचिव एकनारायण अर्याल समेत थिए ।

गृहमन्त्री रवि लामिछानेले चौधरीसहित यो प्रकरणमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । सोही निर्देशन बमोजिम सांसद विनोद चौधरीको पनि सीआईबीले बयान लिने स्रोतले बताएको छ ।

  • मिसन संवाददाता
  • आइतवार, चैत्र ४, २०८० १३:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट