५५ नयाँ उपसेनानीले फुली लगाए

  • मिसन संवाददाता
  • बुधबार, चैत्र ७, २०८० २0:४९
५५ नयाँ उपसेनानीले फुली लगाए

नेपाली सेनाका नवनियुक्त ५५ जना उपसेनानीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बुधबार जङ्गी अड्डामा आयोजित कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको प्राड सेवा र प्राविधिक सेवाअन्तर्गत नवनियुक्त उपसेनानीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

स्वास्थ्य समूहमा रिक्त रहेका अधिकृत पदहरूमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट छनोट भएका प्राड उपसेनानी २ जना र प्राविधिक उपसेनानी (स्वास्थ्य समूह) ५३ जना गरी ५५ जना नवनियुक्त अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

आयुक्त पद प्रदान कार्यक्रममा प्रधानसेनापतिसँगै बलाधिकृत रथी अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले पनि नवनियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र ७, २०८० २0:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट