विदाको दिन गाउँपालिका अध्यक्षले अन्धाधुन्ध गाडी चलाउँदा चार जना घाइते

  • मिसन संवाददाता
  • बुधबार, पुस ११, २०८० १0:४९
विदाको दिन गाउँपालिका अध्यक्षले अन्धाधुन्ध गाडी चलाउँदा चार जना घाइते

नुवाकोट, पुस ११ । रसुवाको आमाछोदिङ्मो गाउाँपालिकाका अध्यक्ष वुचुङ तामाङले चलाएको गाडीले ठक्कर दिँदा चार जना घाईते भएका छन् । घाईतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

पासाङल्हामु मार्गअन्तर्गत विदुर–ढुंगे सडकखण्डमा रहेको नुवाकोटको विदुर नगरपालिका–१ ढुंगेवजारमा गाउंपालिकाका अध्यक्षले चलाएको सेतो नम्वर प्लेटको वा२झ ३७८७ नम्वरको स्कोर्पियो गाडीले ठक्कर दिंदा एक महिलासहित चार जना घाइते भएका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार ५० मिटर परैदेखि अनियन्त्रित हुँदै आएको सो सरकारी गाडीले पैदलयात्री, मोटसाइकल र दुई वटा गाडीलाई ठक्कर दिएको हो ।

आमाछोदिङ्मो गाउँपालिका रसुवाको सो गाडीले ठक्कर दिंदा पैदल हिडिरहेका नुवाकोटको म्यागङ गापा ६ का ३० वर्षिय वीरवहादुर तामाङ, रोकिरहेको वा६१प ३९६१ नं।को मोटरसाइकललाई ठक्कर दिदा प्रेमनाथ लामिछाने, घाम तापिरहेकी विदुर १ ढुंगेवजारकी २९ वर्षिया विमला ढकाल र सोही स्थानका ३२ वर्षिय उमेश थपलिया घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते तीन जनाको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार भईरहेको छ ।

गम्भीर घाईते वीरवहादुर तामाङलाई थप उपचारका लागि काठमाडौ रिफर गरिएको छ । प्रहरीले अध्यक्ष तामाङलाई नियन्त्रणमा लिएको छ ।

  • मिसन संवाददाता
  • बुधबार, पुस ११, २०८० १0:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट