ओटावामा नेपाल-क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै

  • मिसन संवाददाता
  • बुधबार, अशोज २, २०८१ १३:0२
ओटावामा नेपाल-क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै

काठमाडौँ, नेपाल र क्यानडाबीच आज द्विपक्षीय वार्ता हुँदैछ । यही असोज ३ र ४ गते क्यानडाको टोरोन्टोमा हुने ‘महिला परराष्ट्रमन्त्रीहरूको बैठक’मा भाग लिन ओटावा पुगेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र क्यानडाका परराष्ट्रमन्त्री मिलेनी जोली नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता हुन लागेको हो।

ओटावास्थित नेपाली राजदूतावासका अनुसार आजै परराष्ट्रमन्त्री देउवा क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीहरूसँगको बैठक तथा संविधान दिवसका अवसरमा दूतावासले आयोजना गर्ने स्वागत समारोहमा कार्यक्रम उपस्थिति हुने जनाईएको छ।

Source:-रा स स

  • मिसन संवाददाता
  • बुधबार, अशोज २, २०८१ १३:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्