अमेरिकाद्वारा थप सैन्य सहयोगको घोषणा

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १२, २०७९ १७:00
अमेरिकाद्वारा थप सैन्य सहयोगको घोषणा

अमेरिकाले युक्रेनलाई दुई अर्ब डलर बराबरको सैन्य सहायता उपलव्ध गराउने घोषणा गरेको छ । युक्रेनमा रुसले आक्रमण गरेको वार्षिकीको दिन संयुक्त राज्य अमेरिकाले युक्रेनलाई दुई अर्ब डलरको नयाँ सैन्य सहायता ‘प्याकेज’ प्रदान गर्ने घोषणा गरेको हो । “संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप दुई अर्ब डलर बराबरको सुरक्षा सहयोगको घोषणा गरेको छ,” राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले केवल न्युज नेटवर्क (सीएनएन) लाई बताउनुभयो । यद्यपि उहाँले प्याकेजमा प्रदान गरिने सहायता र हतियारको विवरण दिनुभएन । यसै साताको प्रारम्भमा अप्रत्यासित रूपमा किएभ पुग्नुभएका अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको विजयका निम्ति आवश्यक सहयोग उपलव्ध गराउने युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई बताउनुभएको थियो । सहायतामा गोला बारूद तथा युद्ध उपकरण समावेश हुने अपेक्षा गरिएको छ । अमेरिकाले प्रदान गर्ने यो सहयोग यसअघि गरिएको सैन्य सहायताको निरन्तरता होइन ।

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १२, २०७९ १७:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट