माओवादीहरुले लडेर ल्याएको उपलब्धी संस्थागत गर्न असफल हुँदै : मन्त्री श्रेष्ठ

  • मिसन संवाददाता
  • बिहिबार, जेष्ठ ३२, २०८० १६:२७
माओवादीहरुले लडेर ल्याएको उपलब्धी संस्थागत गर्न असफल हुँदै  : मन्त्री श्रेष्ठ

काठमाडौं । माओवादीहरुले लडेर ल्याएको उपलब्धी रक्षा गर्न र संस्थागत गर्न असफल हुँदै गइरहेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले  बताएका छन् ।

बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले अदालतलाई  प्रतिक्रान्तिको औजारको रुपमा प्रयोग गर्ने खतरा भएकाे बताएका छन् । उपलब्धिहरुको रक्षा गर्न नसक्नुको परिणामस्वरुप् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको बताएका हुन् ।

प्रधानमन्त्रीविरुद्ध मुद्दा हालेर प्रतिक्रान्तिकारी शक्तिहरुले अदालतलाई प्रतिक्रान्तिको औजारको रुपमा प्रयोग गर्ने खतरा बढेको  छ ।  मन्त्री श्रेष्ठले क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदै अगाडी बढ्ने र प्रतिक्रान्तिकारी षड्यन्त्र निस्तेज पार्न एकताबद्ध हुनुको विकल्प नभएको बताएका हुन् ।

मुख्यकुरा क्रान्तिकारी शक्तिहरुले क्रान्तिको बलमा प्राप्त गरेको सत्ता, शक्ति, उपलब्धि रक्षा गर्दै संस्थागत गर्न सधैँ सचेत रहनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

हाम्रो देशको सन्दर्भमा क्रान्तिकारी शक्तिहरु आफैले लडेर ल्याएको उपलब्धी रक्षा गर्न र संस्थागत गर्न असफल हुँदै गएका छन् । यसैको परिणाम हो यि मुद्दाहरु । क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदै अगाडी बढ्नुको विकल्प छैन । प्रतिक्रान्तिकारी शक्तिले अदालतलाई प्रतिक्रान्तिको औजारको रुपमा प्रयोग गर्न सक्ने खतरा बढ्दै गइरहेको छ ।

गणतन्त्र लगायतका राजनीतिक परिवर्तनको रक्षा गर्न र सामाजिक, आर्थिक रुपान्तरणको बाटोमा अघि बढ्न एकता आवश्यक रहेको उनको भनाई छ । ‘एकता किन आवश्यक छ भने हामीले रगतसँग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको रक्षा गर्नको निम्ति, नेपाली जनताहरुले लडेर प्राप्त गरेको उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धि प्राप्त गर्नको निम्ति एकता आवश्यक छ । दोस्रो कुरा प्राप्त राजनीतिक उपलब्धिको जगमा टेकेर सामाजिक, आर्थिक रुपान्तरणको बाटोमा अघि बढ्नका लागि पनि एकता आवश्यक छ ।’

रुपान्तरणसहितको एकताको कुनै विकल्प छैन । मेरो गोरुको बाह्रैटक्का भनेर आ–आफ्नै डम्फु बजाइ बस्ने हो भने जनयुद्ध लडेका नेताहरुको अर्थात् जनयुद्धको नै अवसान असम्भ्यावी छ । तसर्थ हाम्रो अगाडी दुई मात्र विकल्प रहेकाे छ । कि सच्चिने, कि सक्किने । तसर्थ सच्चिनुको विकल्प नरहेकाे उनले बताएका छन् ।

नेपाल समाजवादी पार्टीका सह–अध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले माओवादी केन्द्रलाई एकताकालागि लिखित रुपमा आधार प्रस्तावहरु दिएको जानकारी दिए । उनले माओवादी पार्टीबाट औपचारिक रुपमा कुनै जवाफ नआएको र पार्टीको केन्द्रीय समितिको बैठक बसेर आफुहरुले पठाएको प्रस्तावमाथि छलफल गरी औपचारिक रुपमा जवाफ लेख्ने जानकारी पाएको बताए ।

  • मिसन संवाददाता
  • बिहिबार, जेष्ठ ३२, २०८० १६:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट