‘जनयुद्धका सहिद’लाई राष्ट्रिय सहिद घोषणा गर्छौं: प्रधानमन्त्री प्रचण्ड

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १३:४६
‘जनयुद्धका सहिद’लाई राष्ट्रिय सहिद घोषणा गर्छौं: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘जनयुद्धका सहिद’लाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बालुवाटारमा आइतबार ‘जनयुद्धका सहिद’ तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तर्क्रियामा उनले राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरेका छन्।

‘जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको आज स्मृति दिवस पनि हो। विसं २००७ को क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिद हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ। त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारीमा छ,’ उनले भने।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १३:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट