नेपाललाई लगातार सफलता, युएईले गुमायो दोस्रो विकेट

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन २८, २०७९ १८:१२
नेपाललाई लगातार सफलता, युएईले गुमायो दोस्रो विकेट

काठमाडौं । दुई सय ४९ रनको लक्ष्य पछ्याएको संयुक्त अरब इमिरेट्स (युएई)लाई सुरुवातमै दुई झड्का लागेको छ । पहिलो ओभरमै विकेट गुमाएको युएईले तेस्रो ओभरमा त्यही नतिजा व्यहोरेको छ । युएईले जस्तै नेपालले पनि बलिङको सुरुवात स्पिनरबाट गरेको थियो ।

करण केसीको स्थानमा मौका पाएका ललित राजवंशीलाई कप्तान रोहितले बल थमाएका थिए । उनले प्राप्त मौकालाई सदुपयोग गरी पहिलो ओभरको पाँचौँ बलमा भ्रित्य अरविन्दलाई बोल्ड गरे ।

यस्तै, तेस्रो ओभरमा रोहितले बल दीपेन्द्रसिंह ऐरीको हातमा थमाए । दीपेन्द्रले पनि कप्तानलाई निराश बनाएनन् । चौथो बलमा आर्यन लाक्रालाई बोल्ड गरी डक आउट गरे ।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन २८, २०७९ १८:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट