इराक र इरानबीच सुरक्षा सम्झौता

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ १७:१९
इराक र इरानबीच सुरक्षा सम्झौता

इराक र इरानकाबीचमा सुरक्षा सहयोग सम्बन्धी सम्झौता भएको छ । इरानको सरकारी समाचार समिति इर्नाले दिएको जानकारीअनुसार यी दुई देशका बीचमा सुरक्षा सहयोगका सम्बन्धमा सो सम्झौता भएको हो । इरानको उच्च सुरक्षा निकाय सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका सचिव अलि सामखानी र इराकका राष्ट्रिय सुरक्षा सल्लाहकार क्वासिम अल अराजीका बीचमा सो सम्झौता भएको हो । इरानका उच्च सुरक्षा परिषदका सचिव सामखानी इराकको भ्रमणमा रहनुभएको र यसैक्रममा आइतबार इराकको राजधानी बग्दादमा सो सम्झौता भएको पनि सो समाचार समितिले जानकारी दिएको छ । त्यस सम्झौतासम्बन्धी समारोहमा इराकका प्रधानमन्त्री मोहम्मद सियाज अद सुदानीको पनि उपस्थिति रहेको थियो ।सो सम्झौता अनुसार यी दुवै देशले सुरक्षाका विषयमा आपसी सहयोग र समन्वय गरी अघि बढ्ने उल्लेख गरिएको छ । यी दुवै देशमा आतङ्कवादी समूह तथा सङ्गठनले आक्रमण गर्ने र हत्या हिंसा गर्ने गरेकाले यस्ता समूहबाट बचाउन र देशलाई सुरक्षा प्रदान गर्नका लागि आपसमा सहयोग र समन्वय पनि गर्ने सो सम्झौतामा उल्लेख गरिएको छ । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधी रोक्न तथा आतंकवादी समूहले गर्ने गरेका हिंसात्मक हमलाहरुबाट नागरिकको सुरक्षाका लागि पनि इराक र इरानले आपसमा सुरक्षा सहयोग र समन्वय प्रदान गर्ने बताइएको छ ।

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ १७:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट