सेनामा उमेर किर्ते : घटाए पनि लफडा, बढाए पनि लफडा !

  • मिसन संवाददाता
  • बिहिबार, मंसिर २८, २०८० १५:५५
सेनामा उमेर किर्ते : घटाए पनि लफडा, बढाए पनि लफडा !

भावी सेनापतिको लाइनमा रहेका उपरथी ताराध्वज पाण्डेले उमेर ढाँटेको पुष्टि भएपछि दिएको राजीनामा मन्त्रिपरिषद् बैठकले मंसिर पहिलो साता स्वीकृत गरे लगत्तै अहिले फेरि तीन जना जर्नेलको उमेर विवाद सार्वजनिक भएको छ ।

यो विवाद भने अरुको भन्दा पृथक देखिएको सैनिक अधिकारीहरू बताउँछन् । अरुले सेवा लम्ब्याउन जन्ममिति फेरेका थिए तर सन्तोषबल्लभ पौडेल, दीपक बानियाँ र पवन घिमिरेले १८ वर्ष उमेरै नपुगी सेवा प्रवेश गरेको देखिन्छ,’ एक जना कर्णेलले बताए ।

स्रोतका अनुसार पवन र सन्तोषको दुई तारेमा बढुवाको निम्ति रक्षा मन्त्रालयमा लेखेर पठाइसकिएको छ । बानियाँ यसअघि नै उपरथी भइसकेका छन् । उनी तीनतारे जर्नेलको लाइनमा छन् ।

सैनिक मुख्यालयले भने तीनै जनाको उमेर विवाद सम्बन्धमा रक्षालाई ‘त्यस्तो होइन’ भनेर लेखेको बताइन्छ । पौडेलको दुई तारेबाट माथि जाने सम्भावना ५० प्रतिशत छ भने घिमिरे बढीमा दुई तारेमा सीमित हुने कतिपयको बुझाइ भएको जनआस्थाले लेखेको छ ।

स्रोत भन्छ, ‘पौडेल र घिमिरे तक्माका आडमा बढुवा भएका हुन् । प्रमुख सेनानीमा तक्मा नदिइएको भए बेलैमा महासेनानी हुन महाभारत थियो । यी सबैलाई गौरव समशेरको पालामा उकासिएको हो ।’

सेनाभित्र यस्ता काम प्रायः ठूलाबडाका छोरा वा ज्वाइँ र त्यो पनि माथिल्लो पदमा पुगेकाको मात्रै हुने गरेको खुल्ने पाइन्छ । माथिल्लो ओहोदामा पुगेका एकाध गाउँलेका छोरा ज्वाइँको हकमा भने हालसम्म खासै समस्या देखिएको छैन ।

  • मिसन संवाददाता
  • बिहिबार, मंसिर २८, २०८० १५:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट