पीडितको माग सरकारले पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

  • मिसन संवाददाता
  • बुधबार, चैत्र १५, २०७९ ११:१३
पीडितको माग सरकारले पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताउनुभएको छ । करिब दुई सातादेखि पैदलयात्रा गरी महोत्तरीबाट काठमाडौँ आएका मिटरब्याजी पीडितलाई भेटेर नेता खनालले उनीहरूको आन्दोलनमा समर्थन गर्दै ऐक्यबद्धता जनाउनुभएको छ । मिटरब्याज पीडितमाथि अन्याय भएको उल्लेख गर्दै उहाँले मिटरब्याजका नाममा हुने शोषणको अन्त्य गरी सरकारले पीडितका माग पूरा गनुपर्ने बताउनुुभयो । पीडितहरूले चलाएको आन्दोलनलाई आफ्नो पार्टीले समर्थन गरेको भन्दै उहाँले आफूले पनि माग पूरा गर्न सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । मिटरब्याजीले समाजमा गरिब वर्गलाई गर्ने शोषणले गर्दा जनताका निम्ति ल्याएको परिवर्तन जनताकै हितमा नहुने नेता खनालले विचार व्यक्त गर्नुभयो । यसैबीच नेकपा (एकीकृत समाजवादी)ले मिटरब्याजबाट पीडित समूहको आन्दोलनप्रति समर्थन गर्दै ऐक्यबद्धता जनाएको छ ।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र १५, २०७९ ११:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट