राष्ट्र बैंकमा ६० भन्दा बढी कर्मचारी माग

  • मिसन संवाददाता
  • शुक्रबार, पुस ६, २०८० ११:0८
राष्ट्र बैंकमा ६० भन्दा बढी कर्मचारी माग

नेपाल राष्ट्र बैंकले विभिन्न पदमा गरी ६० भन्दा बढी कर्मचारी माग गरेको छ। राष्ट्र बैंकले खुला तथा समावेशी पक्रियाअन्तर्गत दरखास्त आह्वान गरेको हो।

राष्ट्र बैंकले अधिकृत तृतीय श्रेणीमा प्रशासन तथा प्राविधिक सेवाअन्तर्गत सहायक निर्देशक र सहायक द्वितीय श्रेणीमा कर्मचारीहरु माग गरेको हो। सबै पदमा गरी राष्ट्र बैंकले ६७ जना कर्मचारी माग गरेको छ।

राष्ट्र बैंकले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट पुस ६ गते, मंगलबारदेखि पुस २६ गतेसम्म दरखास्त माग गरेको छ। दोब्बर दस्तुर तिरेर आगामी माघ ४ गतेसम्म पनि दरखास्त पेस गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ।

  • मिसन संवाददाता
  • शुक्रबार, पुस ६, २०८० ११:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट