अखिल नेपाल महिला क्रान्तिकारी दाेलखाकाे पहिलाे विस्तारित बैठक समापन

  • मिसन संवाददाता
  • शनिबार, बैशाख ३०, २०८० १४:0८
अखिल नेपाल महिला क्रान्तिकारी दाेलखाकाे पहिलाे विस्तारित बैठक समापन

दाेलखा । अखिल नेपाल महिला क्रान्तिकारी दाेलखाकाे पहिलाे विस्तारित बैठक समापन भएकाे छ ।

कार्यक्रम शनिबार  हाम्रो रेडियोकाे हलमा भएकाे हाे ।  अखिल नेपाल क्रान्तिकारी महिला संघकाे अध्यक्ष कमला कार्की,  पूर्व सांसद विशाल खड्का, कमल श्रेष्ठ जाेति, कुल बहादुर बुढाथोकी,  केन्द्र जाेति खड्का, रिता रिमाल, डाेल्मा थामि, लक्ष्मि धिमाल, भिम बहादुर श्रेष्ठ, अप्सरा बुढाथोकी, उषा लामा, युग बहादुर  बस्नेत,   सृजना खड्का (थापा) लगातकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा राजनीति  क्षेत्रमा महिला समृद्धिकाे विषयमा छलफल भएकाे थियाे । महिलाहरूलाई पाटीमा कसरी  स्थापित गर्ने सकिन्छ? अखिल क्रान्तिकारीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? भन्ने विषयमा छलफल भएकाे थियाे ।

प्रमुख अतिथिका रूपमा पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्काले आफ्नाे मन्तव्य व्यक्त गर्नुभएकाे छ ।उहाँका अनुसार  सामुहिक ज्ञानबाट कम्युनिस्ट पाटि चल्ने बताउनु भयाे । त्यस्तै  गर्ववती महिला, विद्यार्थी वर्ग, वृद्धा व्यक्ति, एकल महिला  र अपांग  वर्गलाई सहयाेग गर्ने उद्देश्यले नयाँ संस्था दर्ता गरेर नयाँ ढंगबाट अगाडि बढ्ने बताउनु भयाे ।

महिला सक्षम भए पनि अवसर नभएकाे उहाँले बताउनु भयाे ।  उहाले महिलालाई अघि लगाएर मात्र पाटी अघि बढ्ने बताउनु भयाे । महिलाकाे लागि अति उपयुक्त हुने सीप, तालिम, जीवन बिमा, सहकारी क्षेत्रका कार्य, पत्रकार तालिम लगायत अन्य कार्यक्रमकाे याेजना बनाउने नेता खड्काले बताउनु भयाे  ।

एकलै दाैडदा काेहि पनि पहिलाे हुन नसक्ने सामुहिक मिलेर अगाडि बढ्दा हरेक सफलता प्रााप्त गर्न सकिने पाटी सदस्य कुल बहादुर बुढाथोकीले बताउनुभयाे ।

त्यस्तै उपस्थिति महिलाहरूबाट नयाँ  कमिटी निमार्ण भएकाे छ ।  अप्सरा चाैलागाइ संयोजकत्वमा उषा  घिसिङ सहसंयोजक साथै रानु श्रेष्ठ सचिब रहेको ३९ सदस्यीय जिल्ला भेला आयोजक कमिटी गठन गर्दै भब्यरुपमा सप्पन्न भएको छ ।

  • मिसन संवाददाता
  • शनिबार, बैशाख ३०, २०८० १४:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट