“हरित शहर, हमर नगर” भन्ने नाराका साथ मौलापुरमा बृक्षारोपण

  • मिसन संवाददाता
  • बिहिबार, असार २८, २०८० १८:५२
“हरित शहर, हमर नगर” भन्ने नाराका साथ मौलापुरमा बृक्षारोपण

असार २८ गते। रौतहटको मौलापुर नगरपालिकामा विविन्न ठाउँमा वृक्षारोपण गरिएको छ ।
आज बिहीबार “हरित शहर, हमर नगर” भन्ने नाराका साथ
वृक्षारोपण गरिएको छ । नगरप्रमुख रीना कुमारी साहको विशेष पहलमा विभिन्न क्षेत्रमा बृहत बृक्षारोपण गरिएको नगर प्रमुख रिना साहले बताएका हुन्।

विभिन्न जातका बिरुवा रोपिएको निमित प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले साहले बताएको छ । रोपिएका बिरुवाहरुमा आँप, लिच्ची, गोलमोहर,कागती, लगायत प्रजातीका बोटविरुवाहरु रहेका छन ।

बृक्षारोपण कार्यक्रमको शुभारम्भ नगरप्रमुख साह गरेका थिए।वृक्षारोपणले मौलापुरलाई हरित शहर बनाउन बृहत बृक्षारोपण वातावरणमा सहयोग पु¥याउनु साथ साथै मानव जीवनमा पनि ठूलो भूमिा रहेको बताएका छन् ।

  • मिसन संवाददाता
  • बिहिबार, असार २८, २०८० १८:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट