सहिद स्मृति विद्यालयमा फाउन्डेसनको एक लाख बराबरको पुस्तक सहयोग

  • मिसन संवाददाता
  • बुधबार, मंसिर २७, २०८० १0:४६
सहिद स्मृति विद्यालयमा फाउन्डेसनको एक लाख बराबरको पुस्तक सहयोग

सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसनले डोटीस्थित सहिद स्मृति आवासीय विद्यालयमा लाईब्रेरी सहयोग गरेको छ । देशभरका सबै सहिद स्मृति आवासीय विद्यालयमा एक-एक लाख बराबरको पुस्तक सहयोग गर्ने फाउन्डेसनको केन्द्रिय नीति अनुसार सर्वप्रथम डोटीमा पुस्तकालयका सामग्री हस्तान्तरण गरिएको छ ।

दाङ, पोखरा, जिरी र सुनसरीको लागि पनि पुस्तक फाउन्डेसनको केन्द्रिय कार्यालयमा आईसकेको अध्यक्ष सन्दिप पुनले बताए । डोटीमा फाउन्डेसनका सदस्य मनोज पुनद्वारा पुस्तक हस्तान्तरण गरिएको छ। पुस्तक हस्तान्तरण गरेपछि विद्यालयले फाउन्डेसनलाई धन्यवाद ज्ञापन गरेको छ ।

  • मिसन संवाददाता
  • बुधबार, मंसिर २७, २०८० १0:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट