काठमाडौं । दाेलखा प्रहरीले जामुनेवाट थप तीन किलो सुन बरामद गरेको छ ।
प्रहरीले सिगंटिकाे जामुनेस्थित सिता तामाङको घरवाट आज थप तीन किलो सुन बरामद गरेकाे छ । बिगु गाउँपालिका–१ बस्ने २८ वर्षीय केशर तामाङकाे बयानकाे आधारमा प्रहरीले थप सुन बरामद गरेकाे हाे ।
चीनको तिव्वतवाट फलाक नाका हुँदै भित्रिएको सुन लुकाएर राखेको शंकामा खोजतलाशको क्रममा थप ३ किलो सुन फेला परेकाे हाे ।
बुधवार ४ किलो सुन सहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय दोलखा र इलाका प्रहरी कार्यालय सिंगटीको टोलीले पक्राउ गरेको थियो ।