प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवाको तयारी गरेको छ । रिक्त भएका सात पदमा १२ डिएसपीबीच चर्को प्रतिस्पर्धा छ ।
पहुँचवाला डिएसपीहरु योग्यता क्रमको अन्तिममा भएकाले एसपी बढुवा पेचिलो बनेको छ । बरियता अनुसार प्रदीप क्षेत्री पहिलो, अंगुर जिसी दोस्रो तथा ढकेन्द्र खतिवडा तेस्रो नम्बरमा छन् । त्यस्तै, यादब ढकाल, श्यामबाबु ओलीया, नारायण रंजितकार र निरञ्जनदत्त भट्ट टप ७ भित्र पर्दछन् ।
अहिलेको वरियतामा पछाडि रहेका डिएसपीहरू राजन लिम्बु, सन्तोष तामाङ, अनन्त शर्मा, एकनारायण कोइराला र विनोद घिमिरे शक्तिशाली मानिन्छन् । १२ औँ नम्बरमा रहेका घिमिरे यसअघि प्रधानमन्त्री प्रचण्डको पिएसओ बसेका अधिकृत हुन् । यसअघि नै बढुवामा छुटेकालाई यस पटक जसरी पनि उनलाई बढुवामा समेट्नुपर्ने दबाब गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि छ ।
केपी ओलीको पिएसओ बसेका सन्तोष तामाङ र राजन लिम्बु पनि बढुवाका प्रबल दाबेदार हुन् । उनीहरू टप ७ बाहिर छन् । गत साता प्रहरी प्रधान कार्यालयले पाँच एसपीको एसएसपीमा बढुवा गरेको थियो । मंसिरमा एसएसपीको थप एक पद रिक्त हुँदै छ । जस कारण सो पद रिक्त भएपछि मात्र बढुवा हुने सम्भावना रहेका प्रहरी प्रधान कार्यालयका एक अधिकारी बताउँछन् ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अस्ट्रिया भ्रमणबाट बिहीबार स्वदेश फर्किएसँगै एसपी बढुवा प्रक्रियाले गति लिने प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ। यसअघि एसपीबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएर पदस्थापन समेत भइसकेकाले डीएसपीबाट एसपी बढुवाको बाटो खुलेको थियो। तर महानिरीक्षक कुँवर अस्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१औं महासभामा सहभागी हुन गएकाले बढुवा प्रक्रिया लम्बिएको थियो। बिहीबार आईजी नेपाल फर्किएसँगै बढुवाले गति लिने भएको हो।
डीएसपीबाट एसपी बढुवाको सिफारिस गर्ने समितिमा समेत आईजी अध्यक्ष रहेन व्यवस्था छ। राजपत्रांकित द्वितीय श्रेणीको पद एसपीमा बढुवा सिफारिसका लागि बन्ने समितिमा आईजी अध्यक्ष तथा गृह मन्त्रालयको सहसचिव सदस्य र आईजीले तोकेको एआईजी वा डीआईजी सदस्य सचिव रहने व्यवस्था छ। अबको केही दिनमै उक्त समितिले ७ जना डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गर्नेछ।
२०७२ भदौमा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट डीएसपीमा बढुवा भएकाहरु अहिले एसपी बढुवाको प्रतिस्पर्धामा छन्। बढुवा समितिले अबको केही दिनमै डीएसपीबाट एसपी बढुवाको सिफारिस निकाल्ने तयारी गरेको छ।
यसअघि २ एसपीको पद रिक्त थियो। पछि ५ जना एसपीलाई एसएसपीमा बढुवा गरेसँगै अहिले एसपीका ७ पद रिक्त भएका छन्। रिक्त रहेको ७ एसपीको पदमा बढुवा हुन अहिले डीएसपीहरु प्रतिस्पर्धामा छन्।
You must be logged in to post a comment.
good